Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > सुस्ता विवादमा सरकारको स्पष्टिकरण : प्रधानमन्त्रीको अभिव्यक्तिसँग सम्बन्ध छैन

सुस्ता विवादमा सरकारको स्पष्टिकरण : प्रधानमन्त्रीको अभिव्यक्तिसँग सम्बन्ध छैन

सरकारले सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनालाई प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिसँग जोड्न नमिल्ने जनाएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सुस्तामा यस्ता समस्या विगतदेखि नै देखिँदै आएको बताए। उनले सीमा क्षेत्रको संरक्षणमा स्थानीय नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

घटनाबारे परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्ने सरकारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *