काठमाडौं । सरकारले असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ। शिक्षा मन्त्रालयले औपचारिक निर्णय केही दिनमै सार्वजनिक गर्ने जनाएको छ।
एसईई नतिजा सार्वजनिक भएसँगै विद्यालयहरूले अनलाइन तथा भौतिक माध्यमबाट आवेदन लिन थालेका छन्। निजी विद्यालयहरूले असारको पहिलो सातादेखि नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।
शिक्षा मन्त्रालयका अनुसार यसपटक भर्ना र पठनपाठन प्रक्रिया समयमै सञ्चालन गरिने भएकाले विगतजस्तो अन्योल नहुने दाबी गरिएको छ।


