काठमाडौं । विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले हराएको छ।
अष्ट्रेलियाका लागि नेस्त्री इराकुन्डाले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा कोनोर मेटक्याफले अर्को गोल थपे। यस जितसँगै अष्ट्रेलियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ।


