काठमाडौं । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले एक टेम्पो भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
टेम्पो धनी धनादेवी धामीले सामान हटाउन समय नदिई टेम्पो धकेलिएको आरोप लगाएकी छन्। यता डिभिजन वन कार्यालयले भने पटक–पटक हटाउन आग्रह गर्दा अटेर गरेपछि घटना भएको दाबी गरेको छ। घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ।


