काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान र एकता कायम गर्न संस्थापन पक्षले शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई ७ बुँदे सहमति प्रस्ताव पठाएको छ।
उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेको प्रस्तावमा विशेष महाधिवेशन, सदस्यता अद्यावधिक र पार्टीका निर्णयलाई स्वीकार गर्ने विषय समेटिएका छन्। यसैबीच, कांग्रेसले छुटेका क्रियाशील सदस्यलाई असार २० गतेभित्र सदस्यता अद्यावधिकका लागि निवेदन दिन आह्वान गरेको छ।


