काठमाडौं । असार महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्।
२० मध्ये ११ बैंकले पुरानै दर कायम राख्दा लक्ष्मी सनराइज, एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंकले ब्याजदर कटौती गरेका छन्। असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ।


