विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै मन्त्रालयहरूमा योजना समावेश गर्ने क्रम तीव्र बनेको छ।
बजेटको आकार बढाउन सिलिङसमेत बढाइएको छ भने मन्त्रालयहरूबीच स्रोत बाँडफाँडलाई लिएर असन्तुष्टि देखिएको छ। यसैबीच सरकारले थप साढे ४ अर्ब रुपैयाँ बराबरका नयाँ बहुवर्षीय योजना समावेश गर्ने तयारी पनि गरेको छ।


