राप्रपाले सुस्ता क्षेत्रमा भारतीय एसएसबीको प्रवेशबारे सरकारको स्पष्ट धारणा माग गरेको छ। प्रतिनिधिसभामा सांसद भरत गिरीले सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू नै देशको रक्षा गर्न बाध्य भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
उनले सुस्ताका स्थानीयले साहसपूर्वक सीमा जोगाएको उल्लेख गर्दै सीमाक्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ गर्न, यस्ता घटना दोहोरिन नदिन र नेपाल–भारत कूटनीतिक तहमा विषय उठाउन सरकारसँग माग गरे।


