काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले एक वर्षमा देशभर ७ हजार ६४८ विपद् घटना भएको जनाएको छ।
तीमध्ये सबैभन्दा बढी ३ हजार ७२० आगलागी र डढेलोका घटना रहेका छन्, जसमा १०५ जनाको मृत्यु भएको छ।
प्राधिकरणले सुक्खा मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।


