काठमाडौं । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचार र नीति डिजिटल माध्यममार्फत प्रत्येक नागरिकसम्म पुर्याउने बताएका छन्।
पदभार ग्रहण कार्यक्रममा उनले प्रचार–प्रसारलाई आधुनिक बनाउँदै मोबाइल र सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष जोडिने रणनीति अघि सार्ने बताए। साथै, पार्टीविरुद्ध फैलिने भ्रम र दुष्प्रचारको तथ्यका आधारमा प्रतिवाद गरिने पनि उनले उल्लेख गरे।


