Saturday, March 07, 2026
Home > खेलकुद समाचार > युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

एजेन्सी १५ असोज
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो । अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *