प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मधेस प्रदेशलाई ७४ रनले पराजित गरेको छ।
एपीएफले पहिले ब्याटिङ गर्दै आशिफ शेखको २०८ रनको दोहोरो शतकसहित ३९० रन बनाएको थियो। कप्तान रोहित पौडेल र सन्दीप जोराले पनि महत्वपूर्ण योगदान दिए।
३९१ रनको लक्ष्य पछ्याएको मधेस ३१६ रनमा सीमित भयो। एपीएफका अभिषेक गौतमले ३ विकेट लिए।
जितसँगै एपीएफ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।


