Home > मुख्य समाचार (Page 105)

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले आज काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।

Read More

२ लाख घुससहित सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ

दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् । आज बेलुका ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो

Read More

प्रदेश एक सरकारले योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा तिन सदस्यीय कार्यदल बनायो

सार्वजनिक, निजी, सहकारी साझेदारी तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छनौटकालागि प्रदेश एक सरकारले योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा तिन सदस्यीय कार्यदल बनाएको छ । योजना आयोगको उपाध्यक्ष सुबोध प्याकुरेलको अध्यक्षतामा प्रदेशको प्रमुख सचिव सुरेश अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहनेगरी कार्यदल बनाएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा

Read More

एडिबि र नेपाल सरकारबीच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता

एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका

Read More

सामाजिक संघसंस्था दर्ताको अधिकार क्षेत्रबारे संघीय सरकार र प्रदेश सरकारबीच विवाद

सामाजिक संघसंस्था दर्ताको अधिकार क्षेत्रबारे संघीय सरकार र प्रदेश सरकारबीच विवाद देखिएको छ । संघीय कानुन नबन्दै प्रदेश सरकारहरुले कानुन बनाएर सामाजिक संघसंस्था दर्ता गर्न थालेपछि गृह मन्त्रालयले उक्त काम रोक्न निर्देशन दिएको छ । प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सामाजिक संघसंस्था दर्ता, नियमन, नविकरण आफैं गर्ने र यसअघि गृहमन्त्रालय मातहतको

Read More

आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक

आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा विकास बजेटको १ प्रतिशत रकमसमेत खर्चिन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो ४ महिनामा सरकारले विकास (पुँजीगत) बजेट ०.८३ प्रतिशत मात्र खर्च गरेको छ । आर्थिक

Read More

काठमाडौं—निजगढ द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सकियो

काठमाडौं—निजगढ (काठमाडौं—तराई) द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ । सेनाले आज पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सतप्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३

Read More

१३औं सागमा नेपाललाई ४९ वटा स्वर्णपदक

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक–एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन्

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमा आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा सफल वर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले यस्तो बताउनुभएको हो । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा ३५१ वटा मुद्दा

Read More

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि छलफल सुरु

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले आज निर्वाचनका लागि छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि

Read More