Home > मुख्य समाचार (Page 142)

बेलायतमा ओलीलाई गोरखा सैनिकद्धारा सलामी अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका गोरखा सैनिकले सलामी अर्पण गरेका छन् । प्रधानमन्त्री ओली संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालय पुग्नु भएको थियो । १९ वर्षपछि बेलायत भ्रमणमा पुग्नु भएका नेपालका प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको धुन बजाएर स्वागत गरेका

Read More

स्थानीय तहको कर्मचारी नियुुक्त सम्बन्धि विज्ञापन संविधानसम्मत भएको आयोगको प्रष्टोक्ति

काठमाडौं । लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्त सम्बन्धि विज्ञापन संविधानसम्मत भएको स्पष्ट पार्नु भएको छ । प्रवक्ता शर्माले सो विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना गर्न आयोग बाध्य नहुने पनि स्पष्ट पार्नु भयो । संविधानको परिधिभित्र रहेर

Read More

प्रधानमन्त्री केपी ओली र बेलायतकी प्रधानमन्त्री टेरिसा मेबिच भेटवार्ता

बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गर्नुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा ओली र मेबीच करिब आधा घण्टा कुराकानी भएको हो । सत्तारुढ पार्टीको नेतृको रुपमा राजीनामा गरिसक्नु भएकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको तयारीमा हुनुहुनछ । भेटमा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसँग

Read More

मोरङको लेटाङ नगरपालिस्थित चिसाङ खोलाको दोहन रोकिएन

मोरङ । मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैर कानूनी रुपमा ढुंगागिट्टी उत्खनन्को काम भइरहेको छ । नियम अनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन् गर्न पाइँदैन । तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी एक्स्साभेटर प्रयोग गर्दै त्यहाँ उत्खनन्

Read More

१ नम्बर प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिका बाबजुद १ नम्बर प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । सरकारले संसदमा गत २३ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि विभिन्न ११ वटा बुँदामा कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा लगायत ७ जना सांसदले संशोधन दर्ता गराएका थिए ।

Read More

लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दावी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दावी गर्नु भएको छ । मन्त्री पण्डितले सो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौति पनि दिनु भयो

Read More

विराटनगरमा पनि डेंगुको संक्रमण देखियो

विराटनगर । विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिनुभयो । उहाँले विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु पुष्टि भएको बताउनु भयो

Read More

२ वटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ प्रहरीले २ वटा पेस्तोलसहित भारतीय नागरिकलाई विराटनगरको एक होटलबाट पक्राउ गरेको छ । भारतको बगर्निया वडा नम्बर ७ सितामणी बस्ने २० बर्षीय कुनालकुमार सिंहलाई एउटा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली र अर्को कटुवा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ

Read More

नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सहमति

काठमाडौं । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सैद्धान्तिक सहमति भएको छ । दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज

Read More

डेंगु नियन्त्रण गर्न प्रदेश १ सरकारले आवश्यक काम गरिरहेको मुख्यमन्त्रीको दाबी

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताउनु भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्रीले यस्तो जानकारी दिनुभएको हो । उहाँले

Read More