Home > मुख्य समाचार (Page 182)

छोरीको हत्या गरेको आरोपमा आमासहित चार जना पक्राउ

धनुषा, २० मंसिर । जिल्ला प्रहरी कार्यालय धनुषाले आफनै छोरीको हत्या गरेको आरोपमा आमासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नं.२४ सोनापडाका रामबरण मण्डलकी १६ वर्षीया छोरी सोनी मण्डलको हत्याको आरोपमा उनकी आमासहित शंकास्पद अन्य ४ जनालाई नियन्त्रणमा लिएको हो । सोनी बुधबार आफ्नै घरको कोठामा मृत

Read More

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौ, २० मंसिर । राष्ट्रपति विद्या देवी भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई आजबिहान स्वदेश फर्कनु भएको हो । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, उपप्रधानमन्त्री एवम्

Read More

सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने

काठमाडौ, २० मंसिर । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिनु भएको हो । चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको

Read More

आज बालाचतुर्दशी, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने दिन

आज बाला चतुर्दशी, हिन्दू धर्मावलम्बीहरुले सतबीज छरेर वाला चतुर्दशि पर्व मनाउँदैछन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा आज सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाइन्छ । परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूणर््ँ पाप नाश हुने जनविश्वास छ ।

Read More

वाईडबडी विमान खरिद प्रकरण : सांसदहरुद्धारा ध्यानाकर्षण

काठमाडौ, १९ मंसिर । वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्ति लाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले विवादित खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य राखिएको भन्दै गम्भीर आपत्ती

Read More

प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने मुख्यमन्त्री राईको भनाई

विराटनगर, १९ मंसिर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुरु गरेको स्कुले बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । आँखा परिक्षणको क्षेत्रमा

Read More

४ देशका राजदुतको सुनुवाई मंसीर २३ गते

काठमाडौ, १९ मंसिर । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई मंसीर २३ गते आईतबार गर्ने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान

Read More

ठूला विकास आयोजनाको काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसक्नुको यस्तो रहेछ कारण

काठमाडौ, १९ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले संरचना समेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना

Read More

६० दिन भित्र पनि मेलम्चीको पानी काठमाडौ नआउने

काठमाडौ, १८ मंसिर । खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौमा नआउने भएको छ । प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरि तत्काल मेलम्चीको पानी काठमाण्डौ आउने संभावना नरहेको ठहर गरेको हो । सतही व्याख्या र अनुमान

Read More

विवादस्पद संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारको सहभागिताबारे नेताहरुको आपत्ति

काठमाडौ, १८ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाउनु भएको छ । कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै

Read More