Home > मुख्य समाचार (Page 5)

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

काठमाडौं, २८ साउन । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका छन् । बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Read More

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले शर्तबन्दी गर्दैन

काठमाडौं, २५ साउन । नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताउनुभएको

Read More

निर्माण व्यवसायीहरुको बिरोध कायमै

काठमाडौं, २५ साउन । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन गरेका छन् । बिहीवार पनि नेपाल निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशाय र कर्मचारीहरुको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरुले भोग्नुपरेको भन्दै बताएका हुन् । उनीहरुले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भइ

Read More

भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौं, २५ साउन । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका

Read More

संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

संखुवासभा, २४ साउन । संखुवासभा जिल्ला कारागारमा कैदीबन्दी बिच गएराति कुटपिट हुँदा दुई जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल खाँदवारी ९ मा बस्दै आएका आकाश बलामी र मादी नगरपालिका ५ का विनोद तोलाङी रहेका प्रहरीले जनाएको छ । मृतक दुवै जना कारागारबाट गए राति १ बजे

Read More

सत्तापक्षले संसदमा दादागिरी देखायोः सचेतक बर्तौला

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै

Read More

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध

काठमाडौं, २५ साउन । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा

Read More

आफ्नै पालामा निजामति सेवा ऐन जारी हुन्छ : मन्त्री मोदी

विराटनगर, २५ साउन । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन जारी गर्न सबै तयारी पुरा गरेर विधेयक मन्त्रिपरिषद्मा दर्ता गरिसकेको जानकारी दिनुभएको छ । आज विराटनगर विानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मोदीले संघीय निजामति सेवा ऐन निर्माणका लागि विधेयक संसदमा लैजान मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइसकिएको बताउनुभएको हो । मन्त्री

Read More

निर्यात सुरु भएपछि आकासियो गोलभेडाको मूल्य

काठमाडौं, २१ साउन । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय

Read More

भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकाह ११ जनाको पहिचान खुल्यो

उत्तराखण्ड, २१ साउन । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो । बेपत्ता हुनेमा पातारासी–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय

Read More