Home > मुख्य समाचार (Page 56)

सूचना प्रविधि विधेयक सम्बन्धमा विज्ञहरुको चिन्ता

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने मात्र नभई सरकारको आलोचना गर्ने सबैलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतीहरु’ सम्बन्धमा भएको कार्यक्रममा विज्ञहरुले सरकारले ननगरिक स्वतन्त्रता हनन गर्ने मात्र नभई अभिव्यक्ति स्वतन्त्रतामाथि समेत नियन्त्रण

Read More

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने छ । ग्रहण राती १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजे सम्म चार घण्टा ८ मिनेट सम्म रहनेछ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिकिा कार्यकारी निर्देशक सनतकुमार शर्माले चन्द्रग्रहण पातलो छाया र खण्डग्रास मात्र देखिने बताउनुभयो । सन् २०२०

Read More

भारत जोगबनी नजिकैको मिरगंज पुल बन्द, मालबहाक ढुवानी साधनको आवतजावत ठप्प

भारतले विराटनगरको सिमाबर्ती जोगबनी बजार नजिकै रहेको बथनाहास्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधनको आवतजावत बिहानैबाट बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा

Read More

टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित

पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको गाउँपालिकाहरुमा सञ्चारको पहुँच त पुगेको छ तर टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित हुँदै आएका छन् । जिल्लाको दक्षिणमा रहेका हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका स्थानियहरुको मोवाइल फोन बिहानी पख र साँझ परेपछि स्वीच अफ हुने गरेको छ ।

Read More

आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको नेता थापाको आरोप

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाउनुभएको छ । नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध आज काठमाडौको माईतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै उहाँले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गर्नुभयो

Read More

सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदीय समितिलाई सरकारले आवश्यक सबै कागजपत्र उपलब्ध गराउने बताउनुभएको हो । संसदीय समितिले कुरा उठाईसकेपछि सरकारले

Read More

सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएकाले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गर्नुभयो

Read More

सन्थाल समुदायको ‘सोहराय’ पर्व आजदेखि शुरु

सन्थाल समुदायको महान पर्व ‘सोहराय’ आजदेखि शुरु भएको छ । यो पर्वमा सांस्कृतिक रुपले पुजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरि यो पर्व मनाउन शुरु गर्ने गर्छन । ६ दिनसम्म मनाईने यो पर्वको हरेक दिनको वेग्लावेग्लै महत्व हुन्छ । सोहराय पर्वको

Read More

मेची नदी पारिका नेपालीमाथि भारतीयको दादागिरी, भारतीय सीमासुरक्षा बलसँग पौंठेजोरी खेल्नुपर्ने बाध्यता

पूर्वको मेचीनदी पारी पनि नेपाली भूमि छ । मेचीपारि बसोबास गर्ने नेपाली बर्षौंदेखि भारतीयको थिचोमिचो सहन बाध्य छन् । नदीको बाढी र भारतीयको सास्तीले बसोबास छोडे पनि आफ्नो जमिनको भोगचलन गर्न नेपाली किसानलाई कम्ती सास्ती छैन । झापाको भद्रपुर–५ सिमलडाँगी पश्चिममा मेची खोला र अरू तीनतिरबाट भारतीय भूमिले घेरिएको छ ।

Read More

अदालतद्वारा जनप्रतिनिधिको मासिक पारिश्रमिक र स्थानीय सुविधा बदर

विराटनगर महानगरपालिकालले जनप्रतिनिधिलाई दिँदै आएको मासिक पारिश्रमिक र स्थानीय सुविधा अदालतले बदर गरेको छ । जनप्रतिनिधिले प्रदेश कानूनअनुसार भनी मासिक पारिश्रमिक र गत असार १० गतेको नगरसभाले पारित गरेअनुसार स्थानीय सुविधा लिँदै आएका थिए । उच्च अदालतले मासिक पारिश्रमिक र स्थानीय सुविधा प्रदेश सरकारले निर्माण गरेको गाउँ तथा नगरसभा सदस्यहरुको सुविधा

Read More