Home > मुख्य समाचार (Page 62)

विराटनगर भन्सारमा अवैध असुली धन्दा

भन्सारभित्रको संसार के छ भन्ने कुरा खासै सबैलाई थाहा हुन्न । सामान आयात निर्यात गर्दा व्यापारी र कर्मचारीको मिलेमतो हुने त सधैं चल्ने कुरा नै हो । त्यो भेट्न र देख्न निकै गाह्रो हुन्छ । मिलेमतोमै हुन्छ सबै काम । तर भन्सार कर्मचारीले देखादेखी रकम असुल्ने अर्को सजिलो उपाय हो

Read More

विराटनगर गुद्रीबजारस्थित सब्जीमण्डी खाली गर्न सुचना जारी गरेपछि स्थानीय ब्यापारीको बिरोध

विराटनगर महानगरपालिकाले विराटनगर गुद्रीबजारस्थित सब्जीमण्डी खाली गर्न सुचना जारी गरेपछि स्थानीय ब्यापारीले बिरोध जनाएका छन् । सब्जी मण्डी खाली गर्ने सूचनाको बिरोध गर्दै ब्यापारीहरुले बिरोध र्याली निकालेका छन् । तरकारी फलफुल तथा माछामासु थोक तथा खुद्रा ब्यवस्थापन संघर्ष समितिले आज संयुक्तरुपमा र्याली निकाल्दै बिरोध जनाएका हुन् । गुद्री बजारबाट निकालिएको र्यालीले

Read More

सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोह पक्राउ

भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का

Read More

सागमा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सागमा एकभन्दा बढी स्वर्ण जित्ने

Read More

देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो । मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिकतर्फको

Read More

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) समापन

१० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) आज समापन भएको छ । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए । आयोजक नेपालले सबै खेलहरुमा

Read More

रानी-धरान सडकखण्ड अन्तर्गत इटहरीमा मापदण्ड भन्दा साँघुरो सडक बनाएको भन्दै विरोध

रानी–विराटनगर–इटहरी–धरान सडकको इटहरी खण्डमा मापदण्ड भन्दा साँघुरो सडक बनाएको भन्दै विरोधमा उत्रिएको संघर्ष समितिले सो सडक योजनाको कार्यालयमा धर्ना दिएको छ । इटहरीको आइतबारेमा रहेको रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयमा पुगेका संघर्ष समितिका अभियन्ताहरुले कार्यालयको गेटमा एक घण्टा धर्ना दिएका हुन् । सडकको बीचबाट दुवैतर्फ ८२ फुट कायम गरेर सडक बनाउनु पर्नेमा

Read More

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले आज काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।

Read More

२ लाख घुससहित सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ

दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् । आज बेलुका ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो

Read More

प्रदेश एक सरकारले योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा तिन सदस्यीय कार्यदल बनायो

सार्वजनिक, निजी, सहकारी साझेदारी तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छनौटकालागि प्रदेश एक सरकारले योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा तिन सदस्यीय कार्यदल बनाएको छ । योजना आयोगको उपाध्यक्ष सुबोध प्याकुरेलको अध्यक्षतामा प्रदेशको प्रमुख सचिव सुरेश अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहनेगरी कार्यदल बनाएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा

Read More