Home > राष्ट्रिय समाचार (Page 103)

राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन

काठमाडौं, १३ पुष । राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो । नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले

Read More

नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, १३ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आज बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको

Read More

विद्युतिय खरीद प्रकृया सम्बन्धि प्रशिक्षण शुरु

विराटनगर, १३ पुष । इन्जीनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विराटनगर तीनदिने विद्युतिय खरीद प्रकृया सम्बन्धि प्रशिक्षण शुरु भएको छ । डिप्लोमा इन्जीनियर्स एशोसिएसन नेपाल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा शुरु भएको प्रशिक्षणमा ३५ जना इन्जीनियरहरु सहमागि भएका छन् । नेपाल सरकारले बोलपत्रमा विद्युतीय एकद्वार प्रणाली लागु गरेपछि त्यस बिषयमा इन्जीनियरहरुलाई जानकार

Read More

जलवायु परिवर्तन सम्बन्धी युवा सम्मेलन

विराटनगर, १२ पुष । जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन आजबाट विराटनगरमा शुरु भएको छ । जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ । विराटनगरस्थित एक निजी होटलमा शुरु भएको सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी

Read More

विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौ., १२ पुष । भूकम्पले क्षति पुर्याएको काठमाडौंको पुतलीसडकस्थित पदुमोदय माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको सो भवन आज एक समारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको हो । एशीयाली विकास बैंकको ५ करोड आर्थिक

Read More

चोलेन्द्र शमशेर जबराविरुद्ध उजुरी

काठमाडौं, १२ पुष । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराविरुद्ध नौं वटा उजुरी परेको छ । संसदीय सुनुवाई विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकमा जबराविरुद्ध परेको नौं वटा उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको हो । बैठकले भोलि अपरान्ह ३ बजे उजुरीकर्ताहरुलाई छलफलका लागि बोलाउने कार्यतालिका पनि तय गरेको छ ।

Read More

थोत्रा ग्यास सिलिन्डरका कारण ज्यान जोखिममा

विराटनगर, ११ पुष । थोत्रा ग्यांस सिलिण्डरका कारण आगलागि र ज्यानैजानेगरिका दुर्घटना बढेको भन्दै त्यसलाई न्युनिकरणगर्ने उपाय अवलम्बगर्न सरोकारवालाले स्थानिय प्रशासन समक्ष माग गरेका छन । एल.पि.ग्यास विक्रेता संघ मोरङले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विकास लालवानीले मोरङका साहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापनपत्र हस्तान्तरण

Read More

सञ्जेलको समर्थनमा इटहरीका युवा सडकमा

सुनसरी ११ पुष । अनियमितता, भ्रष्टाचार, घुसघोरी, कर्मचारीतन्त्र र ढिलासुस्तीका विरुद्ध बुलन्द आजाज उठाउने विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई बिना कारण सरुवा गरेको विरोधमा इटहरीका सामाजिक अभियान्ता र युवाहरुले दिउँसै मैनबत्ती बालेका छन् । राष्ट्रसेवक कर्मचारीभित्र स्वच्छ छविको पहिचान बनाएका सञ्जेलको कानुनविपरीत सरुवा गरेकोमा सरकारको सर्वत्र आलोचना भइरेको

Read More

सरकारको बचाऊमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौ., ११ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ । पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले आजको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व अभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको

Read More

काठमाडौंमा फोटो प्रदर्शनी

काठमाडौं, ११ पुष । राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थापनाको तीन बर्ष पूरा भएको अवसरमा राजधानीमा फोटो प्रर्दशनी गरेको छ । आज राजधानीको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रर्दशनीमा पुननिर्माण तथा पुनस्थापनामा भएका कार्य सम्बन्धी फोटोहरु राखिएको छ । फोटो प्रर्दशनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको हो

Read More