Home > राष्ट्रिय समाचार (Page 102)

साउदी अरबमा ५३ नेपाली श्रमिक दुई महिनादेखि अलपत्र, खाना पनि रोकियो

साउदी अरबको दमामस्थित मुस्तफा अलि अतिफा कम्पनीमा कार्यरत ५३ नेपाली श्रमिक दुई महिनादेखि कामविहीन र तलब नपाई क्याम्पमै अलपत्र परेका छन्। कम्पनीले उनीहरूको ‘एक्जिट भिसा’ प्रक्रिया सुरु गरे पनि टिकट नदिँदा स्वदेश फर्कन सकेका छैनन्। केही श्रमिकको तलब तीन महिनादेखि रोकिएको छ भने खाना समेत बन्द गरिएको उनीहरूको गुनासो छ। रियादस्थित नेपाली

Read More

शिक्षा क्यालेन्डर विवादले देशभर शैक्षिक सत्र अन्योलमा

काठमाडौं । सरकारले शैक्षिक सत्र वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेपछि संघीय सरकार र स्थानीय तहबीच असमझदारी देखिएको छ। कतिपय स्थानीय तहले संघीय निर्णय अस्वीकार गर्दै आफ्नै क्यालेन्डरअनुसार भर्ना र पढाइ सुरु गरेका छन्। यसले देशभर विद्यालय सञ्चालनमा अन्योल सिर्जना भएको छ। स्थानीय तहले अधिकार क्षेत्रभित्र पर्ने

Read More

महान्यायाधिवक्ताको योग्यता विवाद: सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले सरकार र सम्बन्धित पक्षलाई छलफलमा झिकाएको छ। न्यायाधीशको एकल इजलासले सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। कडेलको नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै अधिवक्ताहरूले रिट दायर गरेका थिए। अब सर्वोच्चको संयुक्त इजलासमा छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा

Read More

पोर्चुगलमा नेपाली मृत्यु बढ्दै, शव फिर्ता चन्दामै निर्भर

पोर्चुगलमा नेपालीहरूको मृत्यु मासिक ५ भन्दा बढी हुने गरेको छ भने सन् २०२५ मा ६२ भन्दा बढीको मृत्यु भएको छ। दुर्घटना, आत्महत्या लगायतका कारण प्रमुख छन्। हालै महोत्तरीका सन्तोषकुमार मोक्तानको शव नेपाल पठाउन ४ हजार–४ हजार ५ सय युरो खर्च लाग्ने भएपछि चन्दा अभियान चलाइएको छ। आर्थिक अभावका कारण परिवारलाई समस्या

Read More

संयुक्त सुकुमवासी मोर्चाको चेतावनी: बस्ती हटाइए प्रतिवाद गर्ने

काठमाडौं, १० वैशाख — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरेर सुकुमवासी बस्ती हटाउने प्रयास गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। मोर्चाको बिहीबार शंखमुलमा बसेको बैठकले सरकारको निर्णयबारे छलफल गर्दै आधिकारिकता स्पष्ट नभएको भन्दै यदि बल प्रयोग गरिए प्रतिरोधमा उत्रिने निर्णय गरेको उपाध्यक्ष पवन गुरुङले बताएका छन्। यसैबीच, प्रधानमन्त्री शाहले

Read More

उपत्यकामा सुकुम्वासी बस्ती हटाउने तयारी, सुरक्षा निकायसँग छलफल सुरु

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ। प्रधानमन्त्रीको निर्देशनपछि सुरक्षा निकाय र सरोकारवाला निकायबीच व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल सुरु भएको छ। थापाथली, टोखा लगायतका क्षेत्रमा रहेका बस्तीका बासिन्दालाई पहिलो चरणमा अस्थायी रूपमा होटल तथा लजमा राख्ने र पछि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको

Read More

अतिक्रमित बस्ती हटाउने तयारीबीच काठमाडौँ महानगरमा उच्चस्तरीय छलफल

काठमाडौं । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिएको खबर बाहिरिएलगत्तै काठमाडौँ महानगरपालिकामा छलफल भएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहित वडाध्यक्ष र महानगर प्रहरी प्रमुखबीच थापाथली क्षेत्रको व्यवस्थापनबारे छलफल भएको हो। जिल्ला प्रशासनसँगको समन्वयमा बस्ती हटाउने प्रक्रिया अघि बढाउने र प्रभावित बासिन्दालाई अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरिएको महानगर

Read More

भ्रामक समाचार फैलाए कानुनी कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या तथा भ्रामक सूचना नफैलाउन चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता सामग्री प्रकाशन वा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐनलगायत प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ। मन्त्रालयले आधिकारिक पुष्टि नभएका समाचार नफैलाउन सबै सञ्चारमाध्यम र नागरिकलाई आग्रह

Read More

मानवअधिकार आयोगको प्रतिवेदनले राजनीतिक तरंग ल्याउने संकेत

काठमाडौं । ‘जेनजी’ प्रदर्शनसँग जोडिएका घटनाबारे तयार गरिएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देशको राजनीतिमा ठूलो हलचल ल्याउने संकेत देखिएको छ। आयोगले वैशाख १६ गते सरकारलाई बुझाउने तयारी गरेको प्रतिवेदनमा उच्च तहका नेतादेखि सुरक्षा अधिकारीसम्मलाई कारबाही सिफारिस गरिएको दाबी गरिएको छ। सूत्रका अनुसार केपी शर्मा ओली, बालेन्द्र शाह र रवि लामिछाने लगायतका नाम

Read More

चैतमा ९ सय विपद् घटना : ३० जनाको मृत्यु, करोडौं क्षति

काठमाडौं । गत चैत महिनामा देशभर करिब ९ सय विपद्का घटनामा परी ३० जनाको ज्यान गएको छ भने २२२ जना घाइते भएका छन्। आगलागी, हुरी, चट्याङ र हिमपातजस्ता घटनाबाट १९१ घर, ११७ गोठ र केही सरकारी संरचनामा क्षति पुगेको छ भने ५२९ चौपाया मरेका छन्। विपद्ले करिब ३३ करोडभन्दा बढी आर्थिक क्षति

Read More