Home > राष्ट्रिय समाचार (Page 109)

ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रमबारे अध्ययन गर्न कार्यदल

विराटनगर, २७ मंसिर । प्रदेश नम्बर १ मा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रम सम्बन्धमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ । आज विराटनगरमा भएको प्रदेश १ नम्बर स्तरीय ज्येष्ठ नागरीक भेलाले ९ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा त्रिलोक न्यौपाने, सदस्यहरुमा कृष्णविनोद लम्साल लगायतका रहनुभएको छ । ज्येष्ठ

Read More

कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौ, २७ मंसिर । नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो । काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको

Read More

राम–जानकी विवाह महोत्सव सम्पन्न

जनकपुर, २७ मंसिर । त्रेता युगमा भएको राम सिताको विवाहको सम्झानामा जनकपुरमा मनाइने साता व्यायापी विवाह पंचमी महोत्सव सम्पन्न भएको छ । विवाह पंचमी महोत्सवको अन्तिम दिनमा राम कलेवा सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजना गरिएको भव्य कार्यक्रममा जन्तीमा आएका साधु सनतहरुलाई भोजन गराउँदै विवाह पंचमी सम्पन्न भएको हो ।

Read More

काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिने षडयन्त्र

काठमाडौ, २७ मंसिर । प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिन गम्भिर षडयन्त्र भईरहेको दावी गरेका छन । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै सांसदहरुले सो दू््रतमार्गको जग्गाको मुआब्जासम्बन्धि समस्या जब्बरजस्त खडा गरि दिएर निर्माण हुन नदिन षडयन्त्र भईरहेको बताएका हुन । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली

Read More

भरतपुरका मुख्य सडकमा तीन पांग्रे सवारी निषेध

चितवन, २७ मंसिर । भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा तीन पांग्रे सवारी साधन निषेध हुने भएको छ । उच्च अदालत पाटन हेटौंडाले भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्नका लागि महानगरको मुख्यराजमार्गमा चल्न रोक लगाउने निर्णयलाई सदर गरेको हो । स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम स्थानीय तहलाई रुट निर्धारण

Read More

विद्युत प्रवाहबाट गैंडा मरेपछि….

चितवन, २७ मंसिर । चौधरी ग्रुपको समेत लगानी भएको मेघौली सेराई होटलका कर्मचारीको लापरबाहीले छाडिएको विद्युत प्रवाहले गैंडा मरेको घटनामा जिल्ला अदालत चितवनले ४ जनालाई जरिवाना तोकेको छ । ९ जना मध्य अन्य पाँच जनाले सफाइ पाएका छन् । २०७३ साल साउन २५ गते करेन्ट लागेर गैंडा मरेपछि चितवन निकुञ्ज कार्यालयको

Read More

काठमाडौं–निजगढ द्र्रतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न सकिँदैन : गृहमन्त्री थापा

काठमाडौ, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्र्रतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पार्नु भएको छ । सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने प्रष्टयाउनु भएको हो । बिहिबार संघीय संसद

Read More

काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको डिपीआर माघ दोस्रो साता तयार हुन्छ : रक्षामन्त्री पोखरेल

काठमाडौ, २७ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको

Read More

अपहरणको आरोपमा तीनजना पक्राउ

झापा, २७ मंसिर । ७ वर्षीय भारतीय बालकलाई अपहरण गरी २४ लाख फिरौती मागको आरोपमा पक्राउ परेका एक महिलासहित तीनजनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत अपहरणमा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ६ निवासी ४७ वर्षीय बद्री यादव, सोही गाउँपालिका

Read More

सरकारी वार्ताटोलीलाई हतियार हस्तान्तरण

सप्तरी, २७ मंसिर । तराईमा सशस्त्र रुपमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरी सदरमुकाम राजविराजमा सरकारी वार्ता टोलीसमक्ष हातहतियार बुझाएको छ । सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा विभिन्न भूमिगत समूहसँग वार्ता गर्न गठित टोलीसमक्ष मोर्चाले बुधबार हातहतियार बुझाएको हो । जयकृष्ण गोइतसँग अलग भएर छुट्टै अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्ति

Read More