Home > राष्ट्रिय समाचार (Page 187)

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौँ — धनुषा–१ बाट रास्वपा उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेजविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ पूरा गरेको छ। सुनुवाइ न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गाना को संयुक्त इजलासमा भएको थियो। निर्वाचन आयोगले कालोसूचीमा परेका कारण साहको उम्मेदवारी रद्द गरेको थियो। तर, सो क्षेत्रमा रास्वपाको चुनाव चिह्न घण्टीमा धेरै मत परेको थियो।

Read More

३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त, उपनिर्वाचनमा अन्योल

काठमाडौं — हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण देशभर ३० भन्दा बढी स्थानीय तह र प्रदेश सभा सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचन गर्ने कि नगर्ने विषयमा अझै ठोस निर्णय भएको छैन। स्थानीय तह र प्रदेश सभामा पदावधि एक वर्षभन्दा बढी बाँकी रहँदा मात्र उपनिर्वाचन गर्न सकिने प्रावधान छ।

Read More

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने व्यवस्था संशोधन गर्ने तयारी गरेको छ। संशोधनपछि प्रत्यक्ष र समानुपातिकतर्फका सांसदमध्ये ५० प्रतिशत मत प्राप्त गर्ने व्यक्ति दलको नेता बन्ने व्यवस्था गरिने बताइएको छ। पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। हालका सभापति

Read More

कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार रुपैयाँ

विराटनगर — डा. शेखर कोइराला ले मोरङ–६ प्रतिनिधिसभा निर्वाचनमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्। सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा (१६ लाख ४६ हजार) भएको छ। अन्य खर्चमा इन्धन, खाना, स्टेसनरी, यातायात र टेन्ट समावेश छन्। खर्च एनआईसी एसिया

Read More

नेकपाले ७ दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले हस्ताक्षरित निर्देशनमा निर्वाचन परिचालन, प्रचार अभियान, आर्थिक व्यवस्थापन, सामाजिक सञ्जालको प्रयोग र निर्वाचन चुनौतीसम्बन्धी यथार्थ विवरण समावेश गर्न भनिएको

Read More

धनुषा–१ उम्मेदवारी खारेज मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं — किशोरी साह कमल को धनुषा–१ मा उम्मेदवारी खारेजसम्बन्धी मुद्दा सर्वोच्च अदालत मा सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगाना को संयुक्त इजलासमा शुक्रबार सुनुवाइ हुने भएको हो। किशोरी साह कमल ले आफ्नो उम्मेदवारी खारेज भएको भन्दै निर्वाचन आयोग विरुद्ध फागुन १९ गते रिट दायर गरेका

Read More

कांग्रेस उम्मेदवारलाई भोट मागेको आरोपमा साँगुरीगढी उपाध्यक्ष एमालेबाट निष्कासित

विराटनगर, फागुन २९ — नेकपा एमाले धनकुटाले चुनावमा अन्तर्घात गरेको आरोपमा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। पार्टीका अनुसार राई लामो समयदेखि सम्पर्कमा नरहेको र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा भोट मागेको आरोप लागेको छ। भीम

Read More

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, फागुन २९ — हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकआपसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक ठोक्किँदा सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका कन्टेनर चालक गोविन्द चौधरी गम्भीर घाइते भएका थिए। घाइते चौधरीलाई

Read More

बञ्चरेडाँडामा अवरोध, काठमाडौंको फोहर व्यवस्थापन फेरि संकटमा

काठमाडौं, २९ फागुन :काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका स्थानीयले पुनः अवरोध गरेका छन्। विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहर बोकेर पुगेका गाडीलाई फर्काएका हुन्। अवरोधपछि काठमाडौं महानगरपालिकाले पनि फोहर बोकेका सवारीलाई फिर्ता पठाएको जनाएको छ। नुवाकोट र धादिङका प्रभावित बासिन्दा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडी रोकेका

Read More

चुनावी खर्च ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं, २९ फागुन :निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवार र राजनीतिक दललाई चुनावी प्रचारप्रसारमा भएको खर्चको विवरण समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ भने समानुपातिकतर्फका राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ।निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र

Read More