कञ्चनपुरमा जीप–मोटरसाइकल ठक्कर, दुईको मृत्यु
कञ्चनपुर — पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Read More
