Home > राष्ट्रिय समाचार (Page 249)

‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव

नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचारु गराउने वातावरण बनाउन सरकारसँग माग गर्नु भएको हो । सो नियमावली सच्याउनका लागि आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक

Read More

स्थानीय तहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमति नदिने

सरकारले स्थानीय तहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमति दिन नसकिने स्पष्ट पारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले स्थानीय तहहरु बीचमा बीउको विषयलाई लिएर विवाद हुने भएकाले संघीय सरकारले स्थानीय तहलाई बीउबीजन दर्ताका लागि अनुमति दिन नसक्ने प्रष्टयाउनु भएको हो । आज संघीय संसदको कृषि, सहकारी

Read More

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि आजबाट काठमाडौंमा सो बैठक सुरु भएको हो । जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका

Read More

संखुवासभामा उपनिर्वाचनको तयारी तिब्र

यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । निर्वाचनको शुन्य समय नजिकिए सगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तिव्र बनाएका हुन । संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको हो ।

Read More

झापामा पहिलो पटक जश्ने इद मिलादुन्नवी तथा हाजी हज्जिनहरुलाई सम्मान

मुस्लिम समुदायले झापामै पहिलो पटक जश्ने इद मिलादुन्नवी तथा हाजी हज्जिनहरुलाई सम्मान गरेको छ । गरिब तथा पिछडीएका मुस्लिम समुदायका लागि गठित नेपाल मुस्लिम फलाह (कल्याण) संघ केन्द्रीय कार्यालय जनकपुरले भद्रपुरका मुस्लिम समुदायको सहकार्यमा गए राती एक कार्यक्रमकाबीच झापा जिल्लाभरीका हाजी हज्जिनहरुलाई सम्मान गरेको हो । सम्मानित हुने हाजि हज्जिनहरुमा मोहम्मद

Read More

उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाले

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । आज सिंहदबारमा पुगेर उहाँले सो मन्त्रालयको पदभार ग्रहण गर्नुभएको हो । त्यस अवसरमा उहाँले आफूलाई प्रधानमन्त्रीले अघि बढी नै माया गरेर सो मन्त्रालयमा पठाएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उहाँलाई स्वास्थ्य तथा

Read More

ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीहरुको माग

उद्योगी व्यवसायीहरुले ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गर्नु भएको हो । वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय ईंटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका बेला उहाँले सरकारले

Read More

कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिन चाहेको पनि स्पष्ट पार्नु भयो । आज संघीय संसदको

Read More

विराटनगरमा लैगिंक हिंसा विरुद्धको कार्यक्रम

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज बिहान विराटनगरमा प्रभात फेरी निकालिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले महिला हिंसा विरुद्धको नारा समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यबद्धता बाचन गर्दे अभियानको सुभारम्भ गर्नु भएको थियो । अभियानको सुभारम्भ पछि सामाजिक विकास मन्त्रालयबाट निकालिइएको र्याली उच्च अदालत,सिडियो कार्यालय ,

Read More

ऊर्जामन्त्री पुनको यस्तो विश्वास

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्नु भएको छ । मन्त्री पुनले सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताउनु भएको हो । उहाँले चीनको

Read More