Home > राष्ट्रिय समाचार (Page 273)

‘आफूले भने अनुसार नभए मान्दिन’ भन्ने छुट आयोग अध्यक्ष शर्मालाई नरहेको मन्त्री ढकालको दाबी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ‘आफूले भने अनुसार नभए मान्दिन’ भन्ने छुट नरहेको दाबी गर्नुभएको छ । मन्त्री ढकालले राष्ट्रिय मानवअधिकार आयोगको ऐन संशोधनसम्बन्धि विधेयक संविधानसम्मत ढंगले आए पनि संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँडने छुट कसैलाई पनि नभएको

Read More

‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । सुन्दा नमिठो लागे पनि

Read More

राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको गृहमन्त्रीको भनाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको बताउनु भएको छ । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढन नसकेको प्रष्टयाउनु भएको हो ।

Read More

तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको गन्तव्य

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर अग्लो ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको गन्तव्य बनेको छ । सो झरना हेर्नकै लागि पछिल्लो समय दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु त्याहा पुग्ने गरेका छन् । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ह्यात्रुङ झरना दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित छ । सो

Read More

१ नम्बर प्रदेशसभाबाट आज एउटा विधेयक पारित

विराटनगर । १ नम्बर प्रदेश प्रदेशसभाको बुधबार बसेको बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन सहित पारित गरेको छ । यस्तै प्रदेशसभाले गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि संशोधनसहित पारित गरेको छ । प्रदेशसभामा

Read More

लोकसेवा आयोगको विज्ञापन र संविधान कार्यान्वयनमा सरकारको नियतप्रति शंका व्यक्त

काठमाडौं । सत्तारुढ दलकै सांसदले लोकसेवा आयोगको विज्ञापन र संविधान कार्यान्वयनमा सरकारको नियतप्रति शंका व्यक्त गरेका छन् । लोकसेवा आयोगको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै संसदीय समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि सडक र सदनमा निर्णयको पक्ष र विपक्षमा मत आईरहेका बेला सत्तापक्ष कै सांसदले सरकारको नियत प्रति शंका व्यक्त गरेका

Read More

इलामको एक जलविद्युत आयोजनामा आगलागी हुँदा ५ करोड बराबरको क्षति

इलाम । इलामको पुवाखोला स्थित अपर पुवा १ साना जलविद्युत आयोजनामा आज दिउँसो अकस्मात आगलागी हुँदा पाँच करोड बराबरको क्षति भएको छ । जोशी हाइड्रोपावर कम्पनीद्धारा निर्माण गरिएको तीन मेगावाट क्षमताको उक्त आयोजनाको पावरहाउसमा जडान भएको दुई टर्वाइन मध्ये एउटामा अचानक आगलागी भएपछि उक्त क्षति भएको आयोजनाका कर्मचारीले जनाएका छन् ।

Read More

ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न लायन्स क्लब अफ विराटनगर पाथीभराद्धारा भवन निर्माण

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभराले विराटनगर १६ का ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न भवन निर्माण गरिदिएको छ । पाथीभराले अति गरीब र विपन्न वर्गका ऋषिदेव समुदायका छोराछोरीलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १ कोठे पक्की भवन निर्माण गरि दिएको हो । पाथिभराले ३ लाखको लागतमा भवन निमार्ण सम्पन्न

Read More

नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीको भनाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताउनुभएको हो । उहाँले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर

Read More

मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म पत्रकार महासंघले आन्दोलन नरोक्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिनु भएको हो । उहाँले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गर्नु भयो । आज

Read More