Home > राष्ट्रिय समाचार (Page 98)

पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री राई

धनकुटा, २७ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजन गरेको श्रमजीवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता विषय प्रदेशस्तरीय छलफल कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफू सञ्चारमन्त्री भएर समेत काम गरिसकेकोले पत्रकारका समस्या आफूले

Read More

डिएसपी हुँ भन्दै अपराध गर्ने थापा पक्राउ

काठमाडौं, २७ पुष । नेपाल प्रहरीको डिएसपी हुँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाला डिएसपी हुँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई गएराति ११ बजे कमलादीस्थित

Read More

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिद्धारा माल्यार्पण

काठमाडौं, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आज सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको

Read More

पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको मन्त्री पोखरेलको भनाइ

काठमाडौं, २७ पुष । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा निरंकुश राजतन्त्रको चर्चा गरेको रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयो । आज २ सय ९७

Read More

रक्षामन्त्री पोखरेल र अमेरिकाको इण्डो प्यासेफिक प्रमुखविच भेटवार्ता

काठमाडौं, २७ पुष । नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सेना प्रमुख एडमिरल डेभिडसनले आज बिहान रक्षा मन्त्रालयमा पोखरेल सँग भेट गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख डेभिडसन नेपालको

Read More

कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

काठमाडौं, २५ पुष । नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्र्ने चेतावनी पनि दिनुभयो । विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरुको

Read More

राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका विषयबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं, २५ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसहरुले बैठकमा उठाएका विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । आजको बैठकमा सुन्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष तिमिल्सिनाले बैठकको सुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । यसैबीच आजको बैठकले प्रदेश लोकसेवा

Read More

सशस्त्र प्रहरी बलका कर्मचारीको बढुवा गर्न सरकारलाई संसदीय निर्देशन

काठमाडौं, २५ पुष । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकले सशष्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको

Read More

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २५ पुष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ । बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको

Read More

सहकारी अभियान सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं, २५ पुष । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गर्नु भएको हो । आज काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी

Read More