थापाथलीमा अवैध घरटहरा भत्काइँदै
थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। लामो विवादपछि सरकारले आज बिहानैदेखि अवैध घरटहरा हटाउन सुरु गरेको हो। कारबाहीका लागि ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी पुगेपछि स्थानीयले हतारहतार आफ्नो सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।
Read More
