Friday, September 04, 2026
Home > मुख्य समाचार > जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै

जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै

विराटनगर । महिलाहरुले कठोर व्रतका रुपमा मनाईने जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै छ ।

तिथिको कारण यस वर्ष मधेशी र थारु समुदायले जितिया पर्व दुई दिन मनाउने भएको छ । मधेशी समुदायका महिलाहरुले आज व्रत बसी भोलि दिउँसो ३ बजे पारण गर्ने छन भने थारू समुदायका महिलाहरुले भोलि व्रत बसी सोमबार विहान पारण गर्ने छन । उनीहरुले यस वर्ष १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) परेको भन्दै भव्य रुपमा मनाईदै छन । आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिँदै आएका उनीहरुसँगै यस वर्ष नयाँ विवाहिता महिलाले समेत जितिया प्रारम्भ गर्न मिल्ने थारु संस्कृतिविदहरुले बताएका छन । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइने यो पर्व सप्तमीको दिन नुहाएर खाएर यो पर्व सुरु हुने गर्छ । र, यो पर्वको नहाय खाय थारु समुदायका महिलाहरु शनिबार गरेका छ भने अन्य मधेशी समुदायका महिलाहरुले हिजो नै नहाय खाय गरी आज व्रत बसेका छन् । शास्त्रअनुसार जुन तिथीमा सूर्योदय हुन्छ त्यो तिथिको व्रत बस्नुपर्ने मान्यता अनुसार आज अष्टमी तिथी दिउँसो ३ बजेबाट सुरु भई भोलि दिउँसो ३ बजेसम्म रहने भएकोले सोही तिथी अनुसार मैथिली समुदायका महिलाहरु व्रतबसेका छन । नुहाएर खाने दिन वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्। यस पर्वमा नुहाएर खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *