काठमाडौं — महिला फेसन डिजाइनर केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ मा अकृति श्रेष्ठ विजेता भएकी छन् र उनले २५ हजार रुपैयाँ पुरस्कार पाएकी छन्। अनिशा थापा फर्स्ट रनर अप र युनिका राई सेकेन्ड रनर अप बने।
प्रतियोगितामा १९ महिला डिजाइनरले आधुनिक र आकर्षक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए। मोडल पुरस्कारमा स्मरणा केसी ‘मस्ट पपुलर’, विविका पौडेल ‘बेस्ट रनवे मोडल’ घोषित भइन्।


