विराटनगर–३ स्थित ‘भूमि अटो सर्भिस सेन्टर’मा बिजुली सर्ट भई आगलागी हुँदा करिब २३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा मर्मतका लागि राखिएको एक कार पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को कारमा आंशिक क्षति पुगेको छ।
आगो निभाउने क्रममा सञ्चालक सामान्य घाइते भएका छन् र उपचार भइरहेको छ। स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


