विराटनगरमा आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। महानगरका अनुसार अधिकांश स्थानमा लाइट सञ्चालनमा आइसकेका छन् भने कञ्चनबारीको लाइट केही दिनभित्रै सञ्चालनमा आउने तयारी छ।
लामो समयसम्म ट्राफिक लाइट नहुँदा अव्यवस्थित बनेको सवारी व्यवस्थापन अब सुधार हुने अपेक्षा गरिएको छ। महानगरले मर्मतका लागि प्रारम्भिक रूपमा १० लाख रुपैयाँ खर्च गरेको छ। ट्राफिक प्रहरीले संकेत प्रणाली सक्रिय भएपछि दुर्घटना घट्ने र सवारी अनुशासन बढ्ने विश्वास व्यक्त गरेको छ।


