शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले उनीहरूको चल–अचल सम्पत्ति र आम्दानी स्रोतबारे छानबिन अघि बढाएको हो।
यसै क्रममा पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
भदौ २४ को आगजनी घटनामा केही नेताहरूका घरबाट जलेको रकम भेटिएपछि अनुसन्धान तीव्र बनाइएको छ ।


