राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।
न्याय परिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशमध्येबाट नियुक्ति हुने सम्भावना रहेको छ। परम्पराअनुसार वरिष्ठताको आधारमा नियुक्ति हुने भए पनि यसपटक सरकारसँग विकल्प खुला छ।
हाल कामु प्रधान न्यायाधीशका रूपमा सपना प्रधान मल्ल कार्यरत छन्, र वरिष्ठताका आधारमा उनी नै प्रमुख दाबेदार मानिन्छिन्।


