काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीहरूविरुद्ध दायर मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
संगठित अपराध, ठगी र किर्तेसहितका अभियोगमा ३० जनाविरुद्ध दायर मुद्दा करिब तीन वर्षपछि अघि बढ्दै प्रमाण संकलन चरणमा प्रवेश गरेको छ।


