काठमाडौं । सरकारले संसद् स्थगित गरेर अध्यादेश ल्याएकोप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।
प्रवक्ता देवराज चालिसेले यो कदम लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविपरीत भएको बताएका छन्।
कांग्रेसले बारम्बार अध्यादेश ल्याउनु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको दाबी गरेको छ।
संवैधानिक परिषद्सम्बन्धी संरचनागत परिवर्तनले संवैधानिक निकायहरूको स्वतन्त्रता कमजोर पार्ने खतरा रहेको पनि कांग्रेसको भनाइ छ।


