काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका विवादित अध्यादेशबारे कानुनी राय लिन महान्यायाधिवक्ता नारायण कडेल लाई शीतलनिवास बोलाएका छन्।
संसद् स्थगन गर्दै एकैपटक ६ वटा अध्यादेश सिफारिस भएपछि राष्ट्रपति कानुनी परामर्शमा जुटेका हुन्। महान्यायाधिवक्तासँग छलफलपछि संविधानविद् र कानुनविद्हरूसँग पनि थप परामर्श गर्ने तयारी गरिएको छ।
संवैधानिक परिषद् सम्बन्धी प्रावधान, राजनीतिक नियुक्ति खारेजी लगायतका विषय समेटिएका अध्यादेशहरू विवादमा परेका छन्, विशेष गरी परिषद्मा बहुमतको नयाँ व्यवस्था प्रस्ताव विवादमा परेको छ।


