काठमाडौं — बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले डोजर चल्ने डरले आफ्ना घरको भित्तामा लालपूर्जा र नक्सा टाँसेका छन्। वैधानिक कागजात हुँदाहुँदै पनि हुलमुलमा संरचना भत्किने आशंकाले उनीहरू चिन्तित बनेका हुन्।
क्षेत्रमा डोजर पुगिसकेको र अतिक्रमित बस्ती हटाउने अभियान जारी रहेपछि वैध जग्गाधनीसमेत त्रासमा परेका छन्।


