Friday, June 05, 2026
Home > खेलकुद समाचार > अपाङ्गता सशक्तिकरणका लागि च्यारिटी गल्फ प्रतियोगिता

अपाङ्गता सशक्तिकरणका लागि च्यारिटी गल्फ प्रतियोगिता

काठमाडौं — ‘सक्षमता विकास समाज नेपाल’ ले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि १० औं ‘हामी सबै सक्षम छौं’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता २०८३ जेठ ९ गते काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा हुनेछ। कार्यक्रममार्फत समावेशी शिक्षा, पुनर्स्थापना र जीविकोपार्जनका अवसर विस्तार गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ।

संस्थाले गल्फ खेलाडी, कर्पोरेट क्षेत्र र सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ। २०१४ देखि संस्थाले अपाङ्गता भएका व्यक्ति तथा विपन्न बालबालिकाका लागि शिक्षा, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिमा काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *