Friday, June 05, 2026
Home > स्थानीय समाचार > ग्यास लिक भएर आगलागी, ३ जना घाइते

ग्यास लिक भएर आगलागी, ३ जना घाइते

चैत्र २९, जाजरकोट — नलगाड नगरपालिका–२ छेप्कामा आइतबार बिहान ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एकै परिवारका ३ जना घाइते भएका छन्।

भान्सामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी हुँदा ४२ वर्षीया माया जैसी, उनका २२ वर्षीय छोरा गणेश र ३७ वर्षीया रुपा जैसी घाइते भएका हुन्।

घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटना नियन्त्रणमा आइसकेको छ भने थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *