Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अफगानिस्तानमा बन्दुकधारी आक्रमण: ११ जनाको मृत्यु

अफगानिस्तानमा बन्दुकधारी आक्रमण: ११ जनाको मृत्यु

एजेन्सी — हेरात प्रान्त मा बन्दुकधारीको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ।

पिकनिक स्थलमा मोटरसाइकलमा आएका आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सुरुमा ४ जनाको ज्यान गएको थियो भने घाइतेमध्ये थप ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा अन्य घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। तालिबान प्रशासनले यसलाई आतंकवादी आक्रमण भन्दै एक संदिग्धलाई पक्राउ गरेको जनाएको छ, तर हालसम्म कसैले जिम्मेवारी लिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *