Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानद्वारा हर्मुज जलमार्ग नखोल्ने अडान, तनाव थप चर्कियो

इरानद्वारा हर्मुज जलमार्ग नखोल्ने अडान, तनाव थप चर्कियो

काठमाडौँ — अमेरिकी जलसेनाको नाकाबन्दी जारी रहेसम्म हर्मुज जलघाँटी नखोल्ने इरानले स्पष्ट पारेको छ। युद्धविराम भए पनि त्यसको उल्लङ्घन भइरहेको भन्दै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको र दुई विदेशी जहाज नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ता अघि बढाउने प्रयास गर्दै युद्धविराम केही समय कायम राखिने बताएका छन्। तर इरानले नाकाबन्दी हटेपछि मात्र वार्ता सम्भव हुने अडान दोहोर्याएको छ।

क्षेत्रीय तनाव बढेसँगै तेल बजारमा अस्थिरता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *