Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन डोजर चल्यो

अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन डोजर चल्यो

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सडक, वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरिएको छ।

शुक्रबार बिहानदेखि ३ नम्बर पुल आसपासका घरटहरा र पुराना संरचना भत्काउने काम थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी परिचालन गरिएको छ।

अतिक्रमण हटाउने क्रममा केही समय स्थानीय र प्रशासनबीच तनावको अवस्था बने पनि अहिले स्थिति सामान्य रहेको जनाइएको छ। सडक क्षेत्र खाली गराउने अभियान अझै जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *