विराटनगर । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत झापा, मोरङ र सुनसरीबाट ४८ जना सडकआश्रित तथा सहयोगापेक्षी नागरिकको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३६ पुरुष र १२ महिला रहेका छन्। उनीहरूलाई झापा, विराटनगर र धरानस्थित मानव सेवा आश्रमका शाखामा सुरक्षित रूपमा राखिएको आश्रमले जनाएको छ।
वर्षायामअघि सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। वैशाख २९ गते काँकडभिट्टाबाट सुरु भएको यात्रा अब मधेश प्रदेशमा केन्द्रित हुने बताइएको छ।


