संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चुनावमा प्राप्त सफलता लागि बधाई दिएको छ। अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते लामिछानेलाई फोन गरी शुभकामना दिएका हुन्।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार, अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी र द्विपक्षीय मित्रतालाई अझ सुदृढ बनाउन उत्सुक रहेको छ।


