पश्चिम नेपालका विभिन्न क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार साना भूकम्प गइरहेका छन्। बिहीबार बिहान दार्चुलाको मुराइ केन्द्र भएर ४.० म्याग्निच्युडको धक्का महसुस भयो।
यसअघि चैत ९ मा बझाङको रायाल र दार्चुलाकै मुराइमा ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए। त्यस्तै चैत ३ मा सिटौला र फागुन २२ मा चैनपुर केन्द्र भएर पनि साना धक्का महसुस भएका थिए।
लगातारको भूकम्पले स्थानीयमा चिन्ता बढाएको छ।


