जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल इरानसँगको २१ घण्टे वार्तामा सहमति नजुटेपछि अमेरिका फर्किएको छ। टोली इस्लामावाद बाट एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेको बताइएको छ।
वार्ता असफल भएपछि इरान का विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाई ले अमेरिकाले आफ्ना ‘अत्यधिक माग’ घटाउनुपर्ने बताएका छन्।
दुवै पक्षबीच मतभेद कायम रहेकाले अर्को चरणको वार्ताबारे कुनै योजना नभएको इरानी पक्षले जनाएको छ।


