Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशी सरकारले स्टार्टअपका लागि बिउपुँजी दिने, प्रस्ताव आह्वान

कोशी सरकारले स्टार्टअपका लागि बिउपुँजी दिने, प्रस्ताव आह्वान

विराटनगर — कोशी प्रदेश सरकारले नवप्रवर्तनकारी सोच भएका युवा तथा उद्यमीलाई लक्षित गर्दै स्टार्टअपका लागि बिउपुँजी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय ले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न सार्वजनिक आह्वान गरेको छ। कृषि, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा नयाँ व्यवसायलाई प्राथमिकता दिइनेछ।

छनोट भएका स्टार्टअपलाई अधिकतम ५ लाख रुपैयाँसम्म बिउपुँजी प्रदान गरिनेछ, जुन किस्ताबन्दीमा दिइने र अनुगमन पनि गरिने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *