Friday, June 05, 2026
Home > मुख्य समाचार > अमेरिकी विशेष दूतसँग प्रधानमन्त्री बालेनको भेट नहुने

अमेरिकी विशेष दूतसँग प्रधानमन्त्री बालेनको भेट नहुने

काठमाडौं — नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने कार्यक्रम नभएको बताइएको छ।

गोरले परराष्ट्र र अर्थमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री शाह आन्तरिक सुशासनका काममा व्यस्त भएकाले भेट सम्भव नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उनले हालसम्म कुनै विदेशी कूटनीतिज्ञसँग एक्लै भेट नगरेको पनि उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *