Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा

काठमाडौँ, १ चैत २०८२ – अमेरिकी सेनाका प्यासिफिक कमान्डका डेपुटी कमान्डिङ जेनरल जोएल भोवेल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, भोवेलसहितको टोली मंगलबारसम्म नेपालमा रहनेछ।

भ्रमणका क्रममा औपचारिक भेटघाट र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ। नेपाली सेनाले भ्रमणले दुई देशबीचको सम्बन्ध, मानवीय सहयोग, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *