अर्घाखाँची । पाणिनी गाउँपालिका–८ कुँडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
झ१ख ५०४ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको हो।
घाइतेहरूलाई उद्धार गरी अर्घाखाँची जिल्ला अस्पताल र पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।


